newskoseli.Com

आँखा अस्पताल प्रमुख डा. सन्दुक रुइतलाई पनि डेंगु

नेत्रविशेषज्ञ प्रा.डा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा उपचाररत छन्  । डेंगुको संक्रमणले बिरामी परेर उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको छ ।

‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने– ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिलाे गरे झन् गाह्रो हुन्छ  ।’ सञ्चार माध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा बिरामीको संख्या दोब्बर हुन सक्ने उनले बताए  । पछिल्लो समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेको अवस्थामा बिरामी पर्नेमा भने डा. रुइत मात्र एक्ला स्वास्थ्यकर्मी होइनन्  ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचाररत छन्  । केही भने उपचारपछि निको भएका छन्  । अस्पतालमा कार्यरत र बाहिरका स्वास्थ्यकर्मीलाई संक्रमणबाट बच्न र बचाउन सचेत गराइएको निर्देशक डा. बासुदेव पाण्डेले बताए  । ‘स्वास्थ्यकर्मी नै बिरामी परेपछि सर्वसाधारणमा झन् त्रास बढ्नु अस्वाभाविक होइन , जोगिने उपायबारे नियमित बताइरहेका छौं,’ उनले भने– ‘सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाउनु र सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ  ।’

यसैबेला नेपाल सरकारका कृषिमन्त्री चक्रपाणि खनाल समेत डेंगुको संक्रमणमा परेर बिरामी छन् । आईसीयूमै राखेर उनको उपचार भैरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर