newskoseli.Com

बिरामी बोकेको गाडी भीरबाट खस्यो अरूण नदीमा, ६ जना बेपत्ता (नामावलीसहित)

संखुवासभास्थित अक्करको भीरबाट बिरामी बोकेको गाडी अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । खाँदबारीबाट बिरामी लिएर धरानतर्फ लागेको बलेरो गाडी मंगलबार राति साढे १० बजे भीरबाट अरूण नदीमा खसेको प्रहरीले जनाएको छ ।

गाडीमा रहेका सबै ६ जना बेपत्ता छन् । धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट मंगलबार राति साढे १० बजे को १ ज ३७४९ नम्बरको बलेरो गाडी अरूण नदीमा खसेको घटनास्थल पुगेका अर्को गाडीका चालक प्रेम तामाङले जानकारी दिएका छन् । तामाङका अनुसार गाडी चालक सन्तोष विश्वकर्मासहित ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा खाँदबारी– ९ का प्रमेश थापामगर र उनकी भाउजू कल्पना थापामगर, दुई महिनाको बिरामी बच्चा समीर श्रेष्ठ, उनका बुबा–आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ रहेका छन् । बिरामी बच्चाको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो ।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी हुन सकेको छैन । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजी थप समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त गाडी खाँदबारी– १ का राजनारायण लिम्बूको रहेको खुलेको छ । घटनाबारे जानकारी आएको तर त्यसबारे विस्तृत जानकारी प्राप्त भइनसकेको संखुवासभा प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर