newskoseli.Com

जनगायक जीवन शर्मामाथि यति ठूलो विपत : सहयोगमा जुट्न कलाकारहरूको अपिल (भिडियोसहित)

याे समाचारकाे अन्तिममा भिडियाे हेर्नुहाेस्

नेपालका सर्वाधिक लोकप्रिय जनकलाकारहरूमध्येका एक जीवन शर्मामाथि यतिबेला निकै ठूलो विपत्ति आइलागेको छ । नेपाली प्रगतिशील एवं क्रान्तिकारी गीत–संगीतको क्षेत्रका एक नक्षत्र जीवन शर्माका २९ वर्षे छोरा अमृत आचार्य यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हाताभित्रको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरको ४७९ नम्बरको बेडमा छटपटाइरहेका छन् ।

भर्खरै सकिएको दसैंको नवमीका दिनदेखि सिकिस्त बिरामी भएका अमृतको घाँटी हुँदै पेटको तल्लो भागसम्म मासुको हड्डी छिरेको कुरा निकै चरणका चिकित्सकीय प्रयासपछि मात्रै पत्ता लागेको हो । निकै कठिन र जोखिमपूर्ण शल्यक्रियाबाट घाँटीदेखि पेट (आमाशय) सम्मको पूरै आन्द्रा फ्याँकिएका अमृतको आमाशयकै केही अंश काटेर घाँटीसम्मको आन्द्रा बनाउने चिकित्सकहरुको तयारी गरिरहेको मंगलबार अस्पताल परिसरमा न्युजकोसेलीसँग कुरा गर्दै जीवन शर्माले बताए ।

अहिलेसम्मको उपचार प्रक्रियामा झन्डै आठ लाख रुपैयाँ सकिइसकेको र अबको बाँकी उपचारका निम्ति योभन्दा चौबर खर्च लाग्न सक्ने उनले बताए । यद्यपि चिकित्सक र अस्पताल व्यवस्थापनले समेत अनुमानित खर्चको विवरण दिन अझै नसकेको जनगायक जीवन शर्माले बताए । निजी सम्पत्ति र आयआर्जनप्रति पटक्कै रुचि नदेखाएर पूर्ण रुपले स्वयंसेवी भावका साथी सिंगो जीवन नै जनवादी गीत–संगीत र क्रान्तिकारी आन्दोलनमा खर्च गरेका रक्तिम सांस्कृतिक अभियानका मुख्य अभियन्ता जीवन शर्माको निजी एवं पारिवारिक स्रोतबाट मात्रै छोरा अमृतको उपचार सम्भव नभएको तमाम जनकलाकारहरुले बताएका छन् । छोरा अमृतको स्वास्थ्यलाभको कामनाका साथ जनगायक शर्माप्रति सहानुभूति प्रकट गर्न मंगलबार अस्पताल पुगेका दर्जनौं कलाकारहरुले यो विपत्ति केवल जीवन शर्माको मात्रै नभएर आफूहरु सबैको साझा विपत्ति भएको बताए ।

वरिष्ठ जनसांस्कृतिकर्मी मणि थापा, जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, प्रलेसका उपमहासचिव आरसी न्यौपाने, जनगायिका कुस्मिता दर्लामी, समाजसेवीद्वय महाश्रम शर्मा र शिव अधिकारी, कलाकारहरु शिशिर योगी, माधव प्रधानलगायत तथा पत्रकारहरु केदारनाथ गौतम, विदुर ढुंगेल, रामेश्वर तिमल्सिना, शिव बस्नेत, जनार्दनप्रसाद न्याैपानेलगायतले व्यक्तिगत, सांगठनिक र सरकारी पहल अघि बढाएर उपचारका निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

विस्तृत हेर्नोस्, भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर