newskoseli.Com

जनगायक जीवन शर्माका छोराको उपचारार्थ नेकपा र लोकदोहोरी प्रतिष्ठानद्वारा सहयोग (भिडियाेसहित)

याे सामग्रीकाे अन्त्यमा भिडियाे हेर्नाेस् ।

जनगायक जीवन शर्माका छोराको उपचारका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ ।

जटिल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल हातामा अवस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत जनगायक शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् ।

‘जनताको मुक्तिका लागि गीत गाउने कलाकार शर्माको परिवारमाथि आइपरेको विपतमा साथ दिन यो सहयोग गर्ने निर्याण गरिएको हो’– अध्यक्ष सापकोटाले भने । केही दिनमै रकम हस्तान्तरण गरिने उनले बताए । नेकपाका नेता, सांसद र जनप्रतिनिधिबाट सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष सापकोटाले बताए ।

दसैंमा मासु खाने क्रममा हड्डी अड्केर शर्माका छोरा अमृतको अन्ननलीमा जटिल समस्या देखिएको हो । अमृतको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने बताइएको छ । बागलुङवासी गायक शर्माको छोरा बचाउन जिल्लामा सहयोग अभियान सञ्चालन गरिएको छ । यसै क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बागलुङ शाखाले पनि ५१ हजार रुपैयाँ सङ्कलन गरी शर्मालाई हस्तान्तरण गरेको खबर राससले प्रेषित गरेको छ ।

विस्तृत जानकारीका लागि यो समाचार र भिडियो हेर्नुहोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर