newskoseli.Com

सातै प्रदेश प्रमुख एकैसाथ बर्खास्त !

फाइल तस्बिर

सातै प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त (बर्खास्त) गरिदिएकी छन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्) को आइतबारको निर्णयअनुरुपको सिफारिसमा प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । पदमुक्त भएका प्रदेश प्रमुखहरुमा प्रदेश– १ का प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश– २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौं), प्रदेश– ३ की अनुराधा कोइराला (काठमाडौं), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश– ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) रहेका छन् ।

उनीहरुलाई शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले २०७४ माघ ३ मा नियुक्त गरेको थियो । आम निर्वाचन सम्पन्न भएर देउवा सरकारले जनमत गुमाइसकेपछि, त्यो पनि एकलौटी निर्णयका भरमा ती प्रदेश प्रमुख नियुक्त भएका थिए । नयाँ सरकारले राजनीतिक निर्णयबाट उनीहरुलाई हटाउने आकलन पहिल्यैदेखि गरिँदै आएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर