newskoseli.Com

‘भीभीआईपी’ कक्ष यस्तो छ वीर अस्पतालमा : तर, ३० वर्षयता सधैं रित्तै !

वीर अस्पतालको पहिलो तलाको उत्तर–पूर्वमा अति–अति विशिष्ट (भीभीआईपी) सेक्सन छ । यस सेक्सनका हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा विच्छ्याइएको छ । बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरण जडित छन् । बाथटब सहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छन् ।

स्टोर सहितका यस्ता आठ वटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगा सोफा छन् । तर, अस्पतालका यी सुविधासम्पन्न भीभीआईपी शय्यामा सेवा लिन भने तीस वर्षयता कोही पनि पुगेका छैनन् । तर पनि हरेक साताको कम्तिमा दुई पटक पुछपाछ भइरहेको छ । महँगा, बिलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ ।

‘ठूला व्यक्ति आउन सक्ने भएकाले सफा र चिटिक्क त पार्नैपर्‍यो नि’– भीभीआईपी कक्षकी इन्चार्ज सीता अर्याल भन्छिन् । अस्पतालले तयार पारेको निर्दशिका अनुसार भीभीआईपी व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति र बहालवाला उपप्रधानमन्त्री समेत पर्छन् ।

गत महिना त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य परीक्षण भएको थियो । प्रधानमन्त्री केपी ओली पनि शिक्षण अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च रक्तचाप भएको भन्दै नर्भिक इन्टरनेसनल अस्पतालमा बसे । पूर्वराष्ट्रपति रामवरण यादव दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए । तर, उनले पनि भीभीआईपी कक्ष उपयोग नगरेको खबर दिनेश गौतमको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर