newskoseli.Com

‘विद्या भट्टराईभित्र रवीन्द्र अधिकारी देख्छौं’ : मतदाता

तस्बिरहरू : हरि बास्ताेला

कास्की– २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् ।

‘आफ्नो माटोमा जन्मे–हुर्केर राजनीतिक उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भए पनि विद्याको उम्मेदवारीले केही खुशी ल्याएको छ’– स्थानीयवासी ८० वर्षीया पूर्णकुमारी आचार्यले भनिन् । ‘मैले जीतको शुभकामना दिएँ, विद्या हाम्री छोरी हुन्, अब राष्ट्रकै छोरी भएर सफल भएको देख्न चाहन्छौं’ उनले भनिन् ।

अर्का स्थानीयवासी ८५ वर्षीया बैकुण्ठनाथ आचार्यले पनि भट्टराईको उम्मेदवारीले आफूहरु खुशी भएको बताए । ‘हामीले गुमाएको त पाउन सक्दैनौं, अब विद्याले नै हामी सबैले देखेको समृद्धिको सपना पूरा गर्न भूमिका खेल्नेछिन्; विद्याभित्र रवीन्द्र देखिरहेका छौं’– उनले भने ।

अधिकारीको निधनपछि निराश स्थानीय वासिन्दा विद्या भट्टराईको उम्मेदवारीसँगै उत्साहित भएका छन् । आफ्नो चुनावी अभियान सुरू गर्न गृहस्थान पुगेकी भट्टराईलाई स्वागत गर्दै उक्त ठाउँका वासिन्दाले रवीन्द्र अधिकारीको सपना पूरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका छन् ।

आफूले पर्दा पछाडि बसेर रवीन्द्र अधिकारीलाई राजनीतिक उचाइमा पु¥याउन राजनीतिक योगदान गरिरहेको भट्टराईले बताइन् । ‘आज पार्टीले त्यो योगदानको कदर गर्दै मलाई उम्मेदवार बनाएको छ, अब हजुरहरुले साथ दिनोस्’– उनले भनिन् । कास्की– २ का जनताको भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन उनले जनसमुदायमा आग्रह गरिन् ।

पार्टीकी क्षमतावान् र बौद्धिक नेतृ भट्टराई राम्रो राजनीतिक चेत भएकी कुशल उम्मेदवार भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भीम कार्कीले बताए । रवीन्द्र अधिकारीको सपना र विश्वास अगाडि बढाउन विद्या भट्टराईको महत्त्वपूर्ण भूमिका हुने उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले बताए । नेपाली राजनीतिक इतिहासमा अब्बल र समृद्धिका संवाहक अधिकारी गुमाए पनि उनको राजीतिक र नेतृत्वदायी गुण अब भट्टराईमा भेटिने अनेरास्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर