newskoseli.Com

ओलीले सरकार र प्रचण्डले पार्टी सम्हाल्ने : अध्यक्षद्वयबीच कार्यविभाजन, ‘कार्यकारी’ बने प्रचण्ड

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुईमध्येका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘कार्यकारी अधिकार’ पाएका छन् । नेकपाको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष प्रचण्डलाई पार्टीको ‘कार्यकारी अधिकार’ दिने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय बैठकले गरेको जानकारी दिए । सो पार्टीको नयाँ कार्यविभाजनअनुसार अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा ५ वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

यसअघि साउन अन्तिम साता बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीच कार्यविभाजन गरी एक अध्यक्षले सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्षले पार्टीको नेतृत्व गर्ने मोटामोटी सहमति भएको थियो । तर, त्यसपछि पनि लगातार केपी ओलीले नै पार्टी र सरकार दुवैको अधिकार लिइरहँदा सहमति उल्लंघन भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट रहँदै आएका थिए ।

नयाँ कार्यविभाजन अनुसार दुवै अध्यक्षको वरीयता समान रहने तर एकले सरकार र अर्काले पार्टीको नेतृत्व आपसी समझदारीका आधारमा गर्ने निर्णय भएको सो पार्टीका एक नेताले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर