newskoseli.Com

धनुषामा बम विष्फोट, प्रहरी इन्स्पेक्टरसहित ३ को मृत्यु, ३ घाइते

धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका– ५, महेन्द्रनगर बजार नजिकै शुक्रबार राति बम विष्फोट हुँदा प्रहरी इन्स्पेक्टर र एकै परिवारका दुई जना गरी तीन जनाको मृत्यु भएको छ । विष्फोटमा तीन जना गम्भीर घाइते भएका छन् ।

महेन्द्रनगर बजारको उत्तरपूर्वतर्फस्थित कुचाइ टोलस्थित राजेश साहको घरछेउको पोलमा राखिएको बम राति सवा १२ बजेतिर विष्फोट भएको हो । विष्फोटबाट ४५ वर्ष जतिका राजेश र उनका २५ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिएका छन् ।

सो विष्फोटमा घाइते भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोखामा छर्रा लागी गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।

विष्फोटमा राजेश साहकी १९ वर्षीया छोरी अञ्जली, १४ वर्षका छोरा प्रकाश र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर