newskoseli.Com

त्रिविका नयाँ उपकुलपतिद्वारा पनि ‘भर्तीकेन्द्र’ बनाउने क्रम यथावत

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले फेरि भागबण्डाको राजनीति सुरू गरेका छन् । करिव डेढ महिनाअघि उपकुलपति नियुक्त भएका बास्कोटाले केही दिनअघि पूर्वएमाले निकट दुई जनालाई उच्च पदमा नियुक्त गरेर आफ्नो प्रतिबद्धतालाई मजाक बनाएका छन् ।

पूर्वएमालेको कोटाबाट उपकुलपतिमा नियुक्त भएका बास्कोटाले पद बहाली भएकै दिन आफूले कुनै पनि राजनीतिक भागबण्डा नगर्ने र त्रिविलाई स्वतन्त्ररूपमा सञ्चालन गर्ने बताएका थिए । तर, त्यसविपरीत पोखरास्थित वन विज्ञान क्याम्पस प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डीनमा ताराकान्त भुसाललाई नियुक्त गरेका छन् ।

अघिल्ला उपकुपति प्रा.डा. तीर्थराज खनियाको बाटो पछ्याउँदै उनले दुवै जनालाई तीनमहिने जिम्मेवारी दिएका छन् । त्रिवि कार्यकारी परिषदको बैठकले तीनमहिने नियुक्ति दिन नमिल्ने भएपछि उपकुलपति प्रा.डा. बास्कोटा आफैंले अधिकार प्रयोग गरी खुसुक्क नियुक्त गरेको खबर ईश्वरराज ढकालको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर