newskoseli.Com

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले दिए राजीनामा (राजीनामा पत्रसहित)

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको समाजवादी पार्टीले जनाएको छ ।

सो पार्टी सरकारमा सहभागी हुँदा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग भएको संविधान स‌ंसोधनसहितका सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएको उनले जनाएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि उक्त एजेन्डा बैठकमा प्रवेश हुन पाएन् ।

संशोधन प्रस्ताव पेस हुन नपाएपछि यादवले भोलिपल्टै राजीनामा बुझाएका हुन् । सरकारमै रहेर सरकारको कार्यशैलीबारे असन्तुष्ट रहेको समाजवादी पार्टीमा लामो समयदेखि नै सरकार छााड्ने या नछाड्ने विषयमा विवाद चल्दै आएको थियो ।

समाजवादी पार्टी सरकारबाट बाहिरिँदा पनि सत्ताधारी नेकपाको निकै बलियो र स्पष्ट बहुमत कायमै छ । तर, संविधानमा भएको व्यवस्थाका कारण अबकाे ३० दिनभित्र प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत भने लिनैपर्ने स्थिति आएको छ ।

यस्तो छ यादवले प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर