newskoseli.Com

माओवादी केन्द्रको ९९९ सदस्यीय केन्द्रिय समिति बनाउने तयारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति ९ सय ९९ सदस्यीय बन्ने भएको छ । पार्टीको संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले महाधिवेशन आयोजक समिति बढाउने प्रस्ताव पार्टी हेडक्वार्टरलाई गरेको हो ।

पार्टी महाधिवेशन आयोजक समिति जम्बो बनाउनुपर्नाको कारण र परिस्थितिसमेतको व्याख्या गर्दै आयोजक समितिमा समेटिने नेताहरूको नामावली समाविष्ट गरेर कार्यदलले प्रतिवेदन बुझाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास लाजिम्पाटमा मंगलबार साँझ बसेको बैठकमा कार्यदलका तर्फबाट संयोजक वर्षमान पुन अनन्तले त्यस्तो प्रतिवेदन बुझाएका हुन् ।

माओवादी केन्द्रको यसअघि आयोजक समिति ६ सय ९९ सदस्यीय बनाउने निर्णय भएको थियो । जसमध्ये ५ सय ९९ सदस्य पहिले नै तोकिए पनि १ सय सदस्य पछि थप गर्ने बताइएको थियो ।

अहिले कार्यदलले रिक्त एक सयसहित चार सयको नामावली पार्टी हेडक्वार्टरमा प्रस्ताव गरेको छ । एक तहको मात्रै बढुवा पार्टीको महाधिवेशन आयोजक समितिमा सिफारिस भएका नेताहरूलाई कार्यदलले एक तहभन्दा बढी एकैचोटि बढुवा भने नगरेको जनाएको छ ।

आज अन्तिम निर्णय हुँदै

माओवादी केन्द्रले कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रूप बुधबार (आज) बस्ने बैठकबाट दिँदै छ । त्यसका लागि बिहान पार्टी हेडक्वार्टरको बैठक बोलाइएको छ ।

बैठकले कार्यदलले दिएको सुझाबअनुसार आयोजक समितिको संख्या बढाउने, नेताहरूको नाम फाइनल गर्ने र सचिवालय र पोलिटब्युरोको संख्यासम्म टुंग्याउन सक्ने नेताहरूले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर