newskoseli.Com

बालुवाटारमा सचिवालय बैठक : सभामुख र राष्ट्रियसभा सदस्यका उम्मेदवार को–को ?

संघीय प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका उम्मेदवार चयन गर्ने उद्देश्यका साथ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानै सत्ताधारी नेकपाको सचिवालय बैठक बसेको छ ।

बिहीबारको बैठकमा उम्मेदवारहरुबारे टुंगो लाग्न नसकेपछि स्थगित भएको बैठकले शुक्रबार बिहानै निरन्तरता पाएको हो । प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनका निम्ति बिहीबार बसेको बैठक विनानिष्कर्ष स्थगित भएको थियो । राष्ट्रियसभामा भर्खरै कार्यकाल सकिएकालाई दोहोर्‍याएर उम्मेदवार नबनाउने विषयमा लगभग सहमति भएको बताइएको छ । आइतबार उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले शुक्रबारै उम्मेदवारको अन्तिम टुंगो लगाउने नेकपाको तयारी छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुखको उम्मेदवारका सम्बन्धमा अझै सहमति जुटेको छैन । दुवै अध्यक्ष आ–आफ्नो अडानमा रहेका कारण सभामुख चयन प्रक्रियाले गति लिन नसकेको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष अ‍ोलीले पूर्वसभामुख सुवास नेम्बाङ र पूर्वप्रधानमन्त्री रहेका अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिइरहेका छन् ।

नामावलीसहित विस्तृत विवरणका लागि यो समाचार पढ्नुहोस्–
यी हुन् राष्ट्रियसभा सदस्यका लागि नेकपाका उम्मेदवार (नामावली)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर