newskoseli.Com

यी हुन् राष्ट्रियसभा सदस्यका लागि नेकपाका उम्मेदवार (नामावली)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेकपाको सचिवालय बैठकले उम्मेदवार चयन गरेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश– १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहाल उम्मेदवार चयन भएका छन् । प्रदेश– २ मा महिलामा तुल्सा दाहाल र दलितमा राधेश्याम पासवान चयन भएका छन् । प्रदेश– २ मा नेकपाले २ स्थानका लागि राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहकार्य गर्ने सहमति गरेको छ ।

त्यस्तै, प्रदेश– ३ मा महिलामा गङ्गा बेल्बासे र अन्यमा वेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश– ५ मा महिलामा विमला घिमिरे, अपाङ्गता–अल्पसङ्ख्यकमा जगप्रसाद शर्मा र अन्यमा गोपाल भट्ट उम्मेदवार चयन भएका छन् । यसैगरी, कर्णाली प्रदेशमा अन्यतर्फ मायाप्रसाद शर्मा, महिलामा सुमित्रा बीसी र सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ तारामान स्वाँर र महिलामा शारदा भट्ट उम्मेदवार चयन भएको जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० मा (आइतबार) उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तय गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर