newskoseli.Com

स्कुल बसलाई नयाँ नियम : ९ बजेभित्र छिरिसक्नुपर्ने !

सरकारले स्कुल बसहरुलाई बिहान नौ बजेभित्र अनिवार्यरुपमा स्कुल कम्पाउन्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझावअनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना, २०७६’ पारित भएको हो । उक्त कार्ययोजनाको १४ नम्बर बुँदामा स्कुल बसहरु बिहान नौ बजेसम्म अनिवार्यरुपमा स्कुलको कम्पाउन्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो ।

सरोकारवाला संघ–संस्था तथा निकायले तत्काल यस्तो नियम लागू गर्न कठिन हुने जनाएपछि सरकार तत्कालका लागि पछि हटेको छ । सरकारले आगामी शैक्षिक सत्रदेखि भने यो नियम लागू गर्न लागेको छ । नौ बजेभित्र बसहरु विद्यालय कम्पाउन्डभित्र छिराइसक्ने व्यवस्था गर्न सबै सकरात्मक भएको भन्दै तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जनाएको खबर टेनिस रोकाको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर