newskoseli.Com

सञ्चारमन्त्री बास्काेटाद्वारा राजीनामा : सरकारद्वारा भ्रष्टाचार काण्ड ‘स्वीकार’ !

करोडौं भ्रष्टाचारको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि एकाएक बदनामीको चरमचुलीमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसन माग्दै मन्त्री बास्कोटाले गरेको कुराकानीको अडियो रेकर्ड बुधबार अबेर सार्वजनिक भएको थियो ।

बिहीबारको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी गराएका हुन् । संसदको सोही बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटक–पटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने र यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने समेत कांग्रेसको माग छ ।

कांग्रेसले बिहीबारको संसद बैठक अवरुद्ध पारेपछि सञ्चारमन्त्रीले राजीनामा दिइसकेको सभामुख सापकोटाले बताएका हुन् । सभामुखले भने– ‘औपचारिक पत्र त आउने नै छ, अनौपचारिक रुपमा मलाई दिइएको जानकारीअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ र सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’ सञ्चारमन्त्रीलाई राजीनामा गराएसँगै अहिले सार्वजनिक भएको भ्रष्टाचार काण्ड सरकारले ‘स्वीकार’ गरेको अर्थमा धेरैले दिएका छन् । मन्त्री स्वयंले समेत सामाजिक सञ्जाल ट्विटरबाट राजीनामा दिएकाे पुष्टि गरेका छन् । उनले ट्विटर ह्याण्डलमा  ‘बायाे’ समेत सच्याएर ‘पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री’ बनाइसकेका छन् ।

यस्ताे छ निवर्तमान मन्त्री बाँस्काेटाकाे ट्विट–

थप जानकारीका लागि याे समाचार हेर्नाेस्–
सञ्चार मन्त्रीले मागे ७० करोड घुस, कर्मचारीलाई बोले अश्लील शब्द (भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर