newskoseli.Com

वामदेवसम्बन्धी निर्णय ‘लत्याउने’ केपी ओलीका ५ तर्क

वरिष्ठ नेता माधवकुमार नेपालमार्फत नेकपाको सचिवालयलाई प्रधानमन्त्री ओलीले पाँच सन्देश दिएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने नेकपाको सचिवालयले गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चुनौती दिएका छन् ।

बुधबार दिउँसो बसेको सचिवालयको बैठकले सरकारको सिफारिसमा नेता गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने सर्वसम्मत निर्णय गरेको थियो । तर, सो निर्णयबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले केही बेरमै वरिष्ठ नेता माधव नेपाललाई बोलाएर सचिवालयको निर्णय कार्यान्वयन नगर्ने सन्देश दिएका छन् ।

यस्ता छन् केपी ओलीका ५ तर्क–

१. युवराजलाई हटाउन षड्यन्त्र भयोः अहिले वामदेव गौतमलाई सांसद बनाउने भन्दा पनि युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाउन पार्टीभित्रै षड्यन्त्र भएको छ । यसमा केही व्यापारी पनि मिलेका छन् ।

२. वामदेव फेरिनु आश्चर्यजनकः राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन भए मात्र सांसद हुन्छु भन्ने वामदेवको अडान थियो । तर, संविधान संशोधन नहुने स्पष्ट भइसक्यो । तैपनि वामदेव सांसद बन्न किन तयार भए ?

३. सांसद बनाउने अधिकार सरकारकोः राष्ट्रियसभाका तीन जना सदस्य मनोनीत गर्ने विषय सरकारको विशेषाधिकार हो । पार्टीले त्यसमा सल्लाह–सुझाव दिन सक्छ । मलाई उचित नलागेमा मान्न बाध्य छैन ।

४. सचिवालयको निर्णय सैद्धान्तिक मात्रः राष्ट्रियसभामा वामदेव गौतमलाई सदस्य बनाउने भन्ने सचिवालयको निर्णय सैद्धान्तिक हो । अहिले नै तुरुन्तै सांसद बनाउने भन्ने निर्णय भएको छैन ।

५. मलाई तपाईंहरूको साथ चाहिन्छः अहिले म वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउन सक्दिनँ, युवराज खतिवडालाई पठाउँछु । यो मेरो अन्तिम निर्णय हो । यो निर्णयबाट म पछि हट्दिनँ ।

सत्ताधारी नेकपाभित्रको पछिल्लो रडाको र ‘वामदेवकाण्ड’ को अर्को पक्षसम्बन्धी यो खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

यो समाचार पनि पढ्नुहोस्–
‘वामदेवकाण्ड’ को नालीबेली : शब्दचित्रमा नेकपाको बुधबारको बैठक

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर