newskoseli.Com

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल : फेरेको मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार बिहानदेखि दिउँसोसम्म लगाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सम्पन्न भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् ।

भान्जी नाता पर्ने बताइएकी झापाकी समीक्षा संग्रौलाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी हुन् । प्रत्यारोपण गरिएको प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न थालिसकेको सो अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताएका छन् । ‘उहाँका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन्, प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ’– डा. खड्गाले भने ।

मिर्गौला दिने समीक्षाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. खड्गाले जनाए । अपरेसनपछि ओली र समीक्षालाई बेग्लाबेग्लै प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्तकुमार, डा. दिव्यासिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपालीलगायतको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो । प्रधानमन्त्रीको अपरेसनका क्रममा एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्यलगायतका टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नोस्–
अस्पताल भर्ना हुनुअघि के भने प्रधानमन्त्री ओलीले ? (भिडियो सन्देश र पूर्ण पाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर