newskoseli.Com

डिस्चार्ज भए प्रधानमन्त्री ओली : भेटघाट र हिँडडुल निषेधित, अरु काम गर्न सक्ने (विज्ञप्ति र ट्विटसहित)

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधामन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार ल्याइएको छ ।

प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने समयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेल सत्ताधारी नेकपाका महाचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नाराणकाजी श्रेष्ठ, संसदीय दलका उपनेता सुवास नेम्बाङलगायतका पदाधिकारी तथा नेता–कार्यकता अस्पताल पुगेका थिए ।

२१ फागुनमा नेपालमै मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीका सबै संवेदनशील र प्रयोगशाला परीक्षणको नतिजा राम्रो भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘उहाँ नियमित चिकित्सकको निगरानीमा रहनु हुनेछ,’ विज्ञप्तमा भनिएको छ– ‘उहाँले यसपश्चात आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नु हुनेछ ।’

यस्तो छ अस्पतालको डिस्चार्ज–विज्ञप्ति–

बालुवाटार फर्केकाे केही बेरपछि प्रधानमन्त्रीकाे ह्याण्डलबाट ट्विट गरिएकाे छ–

यो पनि पढ्नुहोस्–
अस्पताल भर्ना हुनुअघि के भने प्रधानमन्त्री ओलीले ? (भिडियो सन्देश र पूर्ण पाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर