newskoseli.Com

स्कुलमै नर्सको सुविधा : एसईई परीक्षामा विशेष सावधानी

फाइल तस्बिर

कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन तथा सहजरूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन हरेक परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ ।

झन्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौं अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिकरूपमा परीक्षाका लागि तयार पार्न पूर्ण सरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिनेलगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्रहरु जुटेको बताइएको छ ।

ललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झन्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ । प्रदेश सरकारको ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रमअन्तर्गत विद्यार्थीले स्टाफ नर्सको सुविधा पाएको खबर शेषकान्त पण्डितको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर