newskoseli.Com

एसईई परीक्षा, कोरोना सन्त्रास र शैक्षिक गतिविधिबारे शिक्षामन्त्रीकाे विशेष अपिल (पूर्णपाठसहित)

फाइल तस्बिर

बिहीबार सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने स्पष्ट पार्दै अरु शैक्षिक गतिविधि स्थगित गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपिल गरेका छन् ।

मंगलबार दुईपाने अपिल जारी जारी गर्दै मन्त्री पोखरेलले एसईई परीक्षाको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म सञ्चालन हुने एसईई परीक्षामा देशभरका ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुनेछन् । एसईईका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएका छन् ।

‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ’– मन्त्री पोखरेलले भनेका छन् । विद्यार्थीहरुलाई साबुन–पानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान मन्त्रीले आग्रह गरेका छन् । परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न उनले सबैमा अनुरोध गरेका छन् ।

परीक्षा सकिएपछि करिव ७० लाख बालबालिका घरपरिवारमा हुने भन्दै मन्त्रालयले भनेको छ– ‘मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ ।’

यस्तो छ मन्त्री पोखरेलद्वारा जारी अपिलको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर