newskoseli.Com

लकडाउन नटेर्ने १६ जना पक्राउ : प्रकृति हेरेर कारबाही हुने

जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार १६ जनालाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोनाभाइरसको जोखिमसँग जुध्न सरकारले लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने ६ जनालाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । गुरुङका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । आइन्दा सवारी नचलाउने प्रतिबद्धता जनाएकालाई छाडिएको छ भने जबर्जस्ती गर्न खोज्नेलाई प्रशासन पठाइएको छ ।

यो पनि पढ्नुहोस्–
लकडाउन नेपाल : राजधानीका २७ तस्बिर (फोटो फिचर)

सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार घटनाको प्रकृति हेरेर उनीहरुमाथि कारबाही हुनेछ । जिल्लावासीले लकडाउनलाई सकारात्मक रुपमा लिएर सहयोग गरेका छन् । बिहानपख सर्वसाधारण सडकमा देखिएपछि सरोकारवालाले भिडियो सन्देश र सन्देशमार्फत घरबाहिर ननिस्कन आह्वान गरेका थिए ।

कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले सन्देश प्रवाह गर्दै सरकारले आह्वान गरेको लकडाउनमा सहयोग गरिदिन आह्वान गरेका थिए । उनीहरुको सन्देशमा सरकारको निर्देशनलाई सबैले पालन गरेमा रोग भित्रनबाट रोक्न सकिने जनाइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर