newskoseli.Com

अमेरिका बन्यो कोरोनाको केन्द्र : उछिन्यो चीन, इटालीसहित सबै राष्ट्रलाई

सन् २०१९ को अन्तिमतिर चीनमा देखापरेको र झन्डै दुई महिना चीनलाई मात्रै सताएको कोरोनाभाइरस प्रकोपको केन्द्रविन्दु अब अमेरिका सरेको छ । चीनमा नयाँ संक्रमितको संख्या ह्वात्तै घटेको र पुराना संक्रमितहरुमध्ये अधिकांशलाई निको भैरहेको वर्तमान सन्दर्भमा अमेरिका, इटाली, स्पेन, जर्मनी, इरान, फ्रान्स, स्विट्जरल्याण्ड, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड, अस्ट्रिया, बेल्जियम, क्यानडा, टर्की, पोर्चुगल, नर्वे, अस्ट्रेलिया, ब्राजिल, स्विडेन, इजरायल, मलेशिया आदि देशहरू चपेटामा पर्दै गइरहेका छन् ।

शुक्रबार बिहानसम्मको तथ्यांकमा संक्रमितहरूको संख्याका हिसाबले अमेरिका पहिलो नम्बरमा छ । हालसम्म अमेरिकामा ८५५९४, चीनमा ८१३४०, इटालीमा ८०५८९, स्पेनमा ५७७८६, जर्मनीमा ४३९३८, इरानमा २९४०६, फ्रान्समा २९१५५, स्विट्जरल्याण्डमा ११८११ र बेलायतमा ११६५८ जना कोरोनाभाइरसका संक्रमित फेला परेका छन् ।

यो पनि पढ्नुहोस्–
अमेरिकामा कोरोनाबाट मर्ने हजार नाघे : राष्ट्रपति भन्छन्– ‘हाम्रो मुलुक बन्द गर्न बनाइएको होइन’

कोरानाबाट ज्यान गुमाउने मृतक संख्याका हिसाबले भने हालसम्म इटाली पहिलो नम्बरमा छ भने स्पेन दोस्रो र चीन तेस्रो नम्बरमा रहेका छन् । इटालीमा ८२१५, स्पेनमा ४३६५, चीनमा ३२९२, इरानमा २२३४, फ्रान्समा १६९६, अमेरिकामा १३००, बेलायतमा ५७८, नेदरल्याण्डमा ४३४, जर्मनीमा २६७, बेल्जियममा २२०, स्विट्जरल्याण्डमा १९२ र दक्षिण कोरियामा १३९ जनाले कोभिड– १९ का कारण ज्यान गुमाइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर