newskoseli.Com

इटाली, स्पेन, अमेरिका र फ्रान्सले उछिने चीनलाई : कहाँ कतिकाे मृत्यु र संक्रमण ? (पूरा तथ्यांक)

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमण (कोभिड– १९) बाट मृत्युवरण गर्नेहरुको संख्यामा यसको उद्गमस्थल र पहिलो पीडित राष्ट्र चीनलाई इटाली, स्पेन, अमेरिका र फ्रान्सले उछिनेका छन् । बुधबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट इटालीमा १२,४२८, स्पेनमा ८,४६४, अमेरिकामा ४,०५५, फ्रान्समा ३,५२३ र चीनमा ३,३०५ जनाको मृत्यु भैसकेको छ ।

त्यसैगरी, कोरोनाभाइरसको संक्रमणका कारणा इरानमा २,८९८, बेलायतमा १,७८९, नेदरल्याण्डसमा १,०३९, जर्मनीमा ७७५, बेल्जियममा ७०५, स्विट्जरल्याण्डमा ४३३, टर्कीमा २१४, ब्राजिलमा २०२, स्वीडेनमा १८०, दक्षिण कोरियामा १६५, पोर्चुगलमा १६०, इन्डोनेशियामा १३६, अस्ट्रियामा १२८ र क्यानडामा १०१ जनाको निधन भैसकेको छ । १०० जनाभन्दा कम नागरिककाे मृत्यु हुने देशकाे संख्या १०० हाराहारी रहेकाे छ । याे भाइरसका कारण हालसम्म विश्वभर ४२,३२८ जनाकाे निधन भएकाे छ ।

कोरोनाभाइरसका कूल संक्रमित ८,५९,३९५ मध्ये अमेरिकामा १,८८,५७८, इटालीमा १,०५,७९२, स्पेनमा ९५,९२३, चीनमा ८१,५१८ र जर्मनीमा ७१,८०८ संक्रमित रहेका छन् । त्यसैगरी, फ्रान्समा ५२,१२८, इरानमा ४४,६०५ र बेलायतमा २५,१०५ संक्रमित रहेका छन् ।

पछिल्लो तथ्यांक हेर्नोस् तलको तालिकामा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर