newskoseli.Com

ओम्नीसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध : ५ करोड धरौटी जफत

कोरोना महामारीको मौका छोपेर व्यापक घोटालाका साथ काम अघि बढाइएको भनिएको ओम्नी समूहसँगको मेडिकल सामग्री खरिद सम्झौता सरकारले रद्ध गरेको छ ।

ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार दिउँसो दिएका हुन् । सो कम्पनीले पहिलो ट्रिपमा ल्याउने भनिएअनुसार सामान ल्याउन नसकेको र बिहीबार दोस्रो ट्रिपमा ल्याउने भनिएका सामग्री पनि ल्याउन नसक्ने निश्चित देखिएको उनले बताए । ती सामग्री कहिले ल्याउने भन्नेसम्म पनि उक्त कम्पनीले प्रस्ट पार्न नसकेकाले सम्झौता रद्द गर्नुपरेको महानिर्देशक श्रेष्ठले बताए ।

यतिबेला नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना बिहीबार जारी गरिने अनि जोसुकैले तीन दिनभित्रमा निवेदन दिन सक्ने उनले बताएका छन् । सो कम्पनीले राखेको ५ करोड रुपैयाँ धरौटी पनि विभागले जफत गरेको जानकारी समेत श्रेष्ठले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर