newskoseli.Com

फेरि लम्बियो लकडाउन : वैशाख ३ सम्म सबैले घरभित्रै बस्नुपर्ने

विश्व महामारीका रूपमा फैलिइरहेको कोरोनाभाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ देख लागू हुने गरी सरकारले जारी गरेको लकडाउनको अवधि तेस्रो पटकका लागि फेरि ८ दिन थपिएको छ । अब वैशाख ३ सम्म देशभर कसैले पनि घरबाट निस्कन नपाइने भएको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन दोस्रो पटक लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोनाभाइरस (कोभिड( १९) को दोस्रो संक्रमित भेटिएलगत्तै सरकारले चैत १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा हुनै लाग्दा पहिलो पटक अवधि थपेर २५ चैतसम्म लकडाउन तन्काइएको थपियो । यो अवधिका कोरोना संक्रमितको संख्या ९ पुग्नुका साथै स्थानीयस्तरमै संक्रमण सुरु भएको पुष्टि भएपछि सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा रोकेर लकडाउनमा झनै कडाइ गरेको थियो ।

कोरोना रोकथाम नथा नियन्त्रण उच्चस्तरीय समितिको आइतबारको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेअनुरुप सोमबारको मन्त्रीपरिषदले ८ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर