newskoseli.Com

२१ लाख संक्रमित, झन्डै डेढ लाखको मृत्यु : अमेरिकामा साढे ६ लाख, भारतमा साढे १२ हजार (पूरा विवरण)

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) बाट बिहीबार (४ वैशाख, २०७७) बिहानसम्म संसारभरमा २०,८३,६०७ जना संक्रमित भएका छन् । यो महामारीका कारण यतिबेलासम्म १,३४,६३२ जनाले ज्यान गुमाइसकेका छन् । काेराेना संक्रमण निको हुनेको संख्या ५,१०,६६६ रहेको छ भने १४,३८,३०९ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५१,१४४ को अवस्था गम्भीर (क्रिटिकल) रहेको वर्ल्डाेमिटरले जनाएकाे छ ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित छ । कोरोनाभाइरसकाे संक्रमणबाट बिहीबार बिहानसम्म अमेरिकामा २८,५२९ जना, इटालीमा २१,६४५ जना, स्पेनमा १८,८१२ जना, फ्रान्समा १७,१६७ जना, बेलायतमा १२,८६८ जना, इरानमा ४,७७७ जना, बेल्जियममा ४,४४० जना, जर्मनीमा ३,८०४ जना, चीनमा ३,३४२ जना र नेदरल्याण्डमा ३,१३४ जनाको मृत्यु भैसकेको छ ।

हालसम्मकाे तथ्यांकअनुसार अमेरिकामा ६,४४,०८९ जना, स्पेनमा १,८०,६५९ जना, इटालीमा १,६५,१५५ जना, फ्रान्समा १,४७,८६३ जना, जर्मनीमा १,३४,७५३ जना, बेलायतमा ९८,४७६ जना, चीनमा ८२,३४१ जना, इरानमा ७६,३८९ जना र टर्कीमा ६९,३९२ जना संक्रमित भएका छन् ।

यस बेलासम्म नेपालभित्र १३ नेपाली३ भारतीय गरी १६ जनामा काेराेनाभाइरसकाे संक्रमण पुष्टि भएकाे छ । बुधबारसम्म थप ५ जनामा संक्रमणको प्रारम्भिक लक्षण देखिएको छ, बिहीबार यसबारे पुष्टि हुँदैछ । नेपालका संक्रमितमध्ये  एक जना निकाे भएर घर फर्किसकेका छन् भने अरू सबै उपचाररत छन् । छिमेकी भारतमा १२,४५६ संक्रमित भएका छन् र त्यहाँ ४२२ जनाकाे काेराेनाबाट मृत्यु भैसकेकाे छ ।

यस्तो छ विश्वभर कोरोना प्रकोपको हालसम्मको तथ्यांक–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर