newskoseli.Com

निको भएर घर गइन् नेपालकी दोस्रो कोरोना संक्रमित प्रशिद्धि श्रेष्ठ (भिडियाेसहित)

नेपालमा प्रमाणित काेराेनाभाइरसकी दाेस्राे संक्रमित व्यक्ति प्रशिद्धि श्रेष्ठ २७ दिन टेकु अस्पतालमा उपचारपछि पूर्ण निकाे भएर शनिबार डिस्चार्ज भएकी छन् । १९ वर्षीया प्रसिद्धि पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् ।

चैत १० मा कोरोनाभाइरस पोजेटिभ देखिएपछि उनी राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । आफू पूर्ण निको भएर फर्किएको भन्दै उनले सञ्चार माध्यममा अनुभव शेयर गरेकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको उनले बताइन् । काठमाडौंकी स्थानीयवासी प्रशिद्धि चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनी आएको कतार एयरवेजको क्यूआर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु २ जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

भिडियोमा हेर्नोस् प्रशिद्धिको प्रतिक्रिया–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर