newskoseli.Com

फेरि थपिए १ संक्रमित : नेपालमा काेरोनाभाइरस ३१ मा, निको भए ३ जना

शनिबार थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै अब नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।

शनिबार राति मन्त्रालयको फेसबुक पेजमा पोस्ट गर्दै मन्त्रालयले ६५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको हो । कूल संक्रमितमध्ये तीन जना कोरोनामुक्त भई निको भैसकेका छन् । तीमध्ये एक पुरूष पहिल्यै डिस्चार्ज भएर घर गैसकेका छन् भने काठमाडाैंकी १९ वर्षिया किशाेरी (प्रशिद्धि श्रेष्ठ) शनिबार दिउँसाे र बागलुङकी ६५ वर्षिया एक महिला शनिबार साँझ घर गएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार उदयपुरमा भेटिएका १२ जना संक्रमितको समूहकै व्यक्तिमा शनिबार गरिएको परीक्षणका क्रममा काेराेनाभाइरस पाेजेटिभ पुष्टि भएको उनले बताए ।

६५ वर्षीय ती पुरुष नेपाली हुन् वा भारतीय भन्नेबारे अझै यकिन हुन सकेको छैन । शुक्रबार पुष्टि भएका १२ जनामध्ये ११ जना भारतीय र एक नेपाली थिए । शुक्रबारै चितवनमा दुई जना संक्रमित फेला परेका थिए । उनीहरु आमा–छोरा भएको बताइएको छ ।

यस्तो छ मन्त्रालयको सूचना–

यो पनि पढ्नुहोस्–
६५ वर्षीया छैटौं संक्रमित पनि कोरोनामुक्त : निको भएकाको संख्या ३ पुग्यो

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर