newskoseli.Com

राजपा–समाजवादीबीच एकता : नाम ‘जनता समाजवादी पार्टी’, चुनाव चिह्न छाता

सरकारले दल विभाजनलाई सजिलो पार्ने गरी अध्यादेश जारी गरेकै पर्सिपल्ट मधेसकेन्द्रित दुई राजनीतिक दलबीच पार्टी एकता घोषणा भएको छ । बुधबार राति समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हाे ।

एकीकरण समानताको आधारमा गरिने, एकीकृत  पार्टीको नाम ‘जनता समाजवादी पार्टी, नेपाल’ रहने र झन्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने सहमति भएको छ । राजपा नेपालले प्रयोग गर्दै आएको छाता एकीकृत पार्टीको चुनाव चिह्न हुनेछ ।

सहमतिपत्रमा राजपका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी तथा समाजवादीका तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस्तो छ पार्टी एकीकरणसम्बन्धी सहमतिपत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर