newskoseli.Com

थप २ मा कोरोना पुष्टि, आमाछोरा निको भए : संक्रमित ४७ जना, निको हुने १० जना

बिहीबार थप २ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ भने यसअघि पुष्टि भएर उपचाररत ३ जना निको भएर डिस्चार्ज भएका छन् । अब कोरोना संक्रमितको संख्या ४७ पुगेको भने निको भएर घर फर्कनेको संख्या १० पुगेको छ ।

त्रियुगा नगरपालिका– ३, भुल्के, उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच, बिहीबार साँझ कैलालीकी ५० वर्षीया कोरोना संक्रमित महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् । लम्कीचुहा नगरपालिका– १ की ५० वर्षीया महिलालाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।

भुल्केमै २७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । भुल्केका सबै संक्रमितको विराटनगरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका हुन् । वैशाख १ मा कोरोना पुष्टि भएका ५८ र ८१ वर्षीय ती आमा–छोरा पाटन अस्पतालमा उपचाररत थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर