newskoseli.Com

लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिममा एसईई

फाइल तस्बिर

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमदेखि एसईई परीक्षा सञ्चालन गर्नेगरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो सुझाव बुझाएको हो ।

२५ वैशाखभित्र कक्षा १ देखि ९ को नतिजा प्रकाशन गर्ने र सामाजिक दुरी कायम गर्दै भीडभाड नहुने गरी भौतिक दुरी कायम गराएर २५ वैशाखपछि भर्ना प्रकिया अगाडि बढाउने सुझाव दिइएको हो । विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाइएको छ ।

प्रतिवेदन उच्चस्तरीय समिति र क्याबिनेटमा लैजाने शिक्षामन्त्री पोखरेलले बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. पौडेल नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम सातादेखि एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।

यस्तै, एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस गरेको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर