
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार एकै दिन थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको हो । यो संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ जना पुगेको हो ।
१० पुरुष र ७ महिला गरी १७ जनामध्येका एक भने दुईमहिने शिशु समेत रहेका छन् । संक्रमितहरु सबै वीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।