newskoseli.Com

रिसाएर बैठकबाटै हिँडिदिए खड्ग ओली : नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

फाइल तस्बिर

बिहीबार सुरु हुने भनिएको स्थायी कमिटीको बैठकका एजेण्डा तय गर्न बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा अल्पमतमा परेपछि एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली रिसाएर बैठकबाटै उठेर हिँडिदिएका छन् ।

ओली फन्केर बैठक छाडी हिँडिदिएपछि रनभुल्ल परेर अरु नेता समेत विनानिर्णय उठ्न बाध्य भए । स्थायी कमिटीकाे बैठकका एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरुबीच सहमति नजुटेपछि साे बैठक नै अनिश्चित भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चाहिँ स्थायी समिति बैठकका एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको बैठकपछि जानकारी दिएका छन् । स्वास्थ्य र व्यस्तताका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा पूरा समय दिन नसकेकाले बुधबारको बैठकमा विस्तृत छलफल हुन नसकेको श्रेष्ठले बताए ।

तर, उच्च स्रोतले दिएको जानकारीअनुसार २० वैशाखको सचिवालय बैठकमा आफैंले सहमति जनाएका विषय र समझदारीबाट बुधबारको बैठकमा ओली एकाएक पछि हटे । आफ्नो समर्थनमा २० गतेको जस्तो माहोल पनि ओलीले देखेनन् । स्थायी कमिटीमा जानासाथ आफूले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने, दोहोरो जिम्मेवारीमा रहेका दुई जना मुख्यमन्त्रीहरुले पनि एक पद छाड्नैपर्ने र अरु कतिपय विषयमा समेत निकै लचक भएर सहमतिमा आउनुपर्ने नत्र आफ्ना दुवै पद गुम्ने अवस्था देखिएपछि प्रधानमन्त्री ओली रिसाएर फन्कँदै एकाएक बैठकबाट बाहिरिए ।

फन्केर हिँडेको ४८ मिनेटपछि ओली बैठकमा फर्किए र सिधै घोषणा गरिदिए– ‘आजको बैठक यहीं सकियो ।’ २० वैशाखको सचिवालय बैठकले स्थायी कमिटीको बैठक बिहीबार बोलाउने निर्णय गरेको थियो । सोहीअनुसार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने गरी समय निर्धारण गरिएको थियो । तर, सो बैठकका लागि बुधबार सचिवालयले एजेन्डा तय गर्न नसकेपछि स्थायी कमिटीको बैठक नै अन्योलमा परेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर