newskoseli.Com

थप १० जनामा कोरोना पुष्टि : १२० पुगे संक्रमित, निको भए ३३ जना

नेपालमा फेरि एकै दिन थप १० जना कोरोनाभाइरसका संक्रमित पुष्टि भएका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जनाएको हो ।

मन्त्रालयका अनुसार यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ तथा १०, कविलवस्तुका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । संक्रमितहरु १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुष रहेको र एक जनाको उमेर नखुलेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा यसअघि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ भने देशभर संक्रमितको संख्या १२० पुगेको छ । बाँके र रुपन्देहीमा समेत गरी प्रदेश– ५ मा मात्र ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा २४ र उपन्देहीमा १ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । नेपालमा पुष्टि भएका १२० मध्ये ३३ जना कोरोना संक्रमित सफल उपचारपछि निको भएर घर फर्किकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर