newskoseli.Com

‘पढाउन पाइने, शुल्क लिन नपाइने’ : अनलाइन कक्षाकाे स्थिति

कोरोनाभाइरसको सङ्क्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । लकडाउन खुलेको केही दिनपछि मात्र नियमित कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थी तथा अभिभावकसित सम्पर्क कायम गर्ने माध्यमका रूपमा मात्रै अनलाइन शिक्षालाई लिइने भएको छ ।

अनलाइन माध्यमबाट गरिएको पठनपाठनले कक्षाकोठाको शिक्षाको विकल्प दिन नसक्ने भएकाले यसलाई अनौपचारिकरूपमा मात्रै लिनुपर्ने अवस्था रहेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए । अनलाइनले विद्यार्थीको सिकाइमा मद्दत गर्ने र फुर्सको समयको सदुपयोग हुने भएकाले यसको उपयोग गर्दै जानुपर्ने नै सरकारी नीति रहेको उनले उल्लेख गरे ।

अनलाइन शिक्षा र यसको पूर्वाधारको विकासमा सहयोग गर्ने सरकारी नीति रहेको उनको भनाइ छ । अनलाइन शिक्षाका नाममा अभिभावकमाथि बोझ बढ्न सक्ने गुनासो आएपछि शुल्कविना नै अनलाइन कक्षा सञ्चालन गर्न आफूहरूले आग्रह गरेको निर्देशक गौतमले बताएको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर