newskoseli.Com

१५ दिन फेरि लम्बियो लकडाउन : जेठ २० सम्म ‘बन्दाबन्दी’

चैत ११ देखि जारी लकडाउन अब कम्तिमा पनि जेठ २० सम्म कायम रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फेरि १५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् । यसअघि जेठ ५ सम्म लकडाउन तोकिएको थियो । मन्त्रिपरिषदको बैठकअघि बसेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

आइतबार सिंहदरबारमा बसेको सो समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय लिएको उक्त समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिएका थिए ।

https://www.facebook.com/sabin.dhamala/videos/3210417292315785/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर