नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहानै जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहान ९ बजेको विज्ञप्तिमा जनाएअनुसार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका रहेका छन् । पछिल्ला संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस्–
४५७ पुगे कोरोना संक्रमित : बिहीबार थपिए ३० जना