newskoseli.Com

नेकपाको सचिवालय बैठक : ‘एमसीसी निर्णय गर्ने जिम्मा संसदको’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले एमसीसी अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय लिने जिम्मा संसदकै भएको निष्कर्ष निकाले छ । यो निर्णयसँगै नेकपा घुमाउरो पारमा एमसीसीलाई निर्णयार्थ संसदमा प्रस्तुत गर्ने निर्णयमा पुगेको छ ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले संसदमा विचाराधीन रहेको एमसीसीको छिनोफानो संसदबाटै गर्ने निकर्ष निकालेको हो । बजेटमा एमसीसीको विषय उल्लेख भएको बारे बैठकमा छलफल भएको र एमसीसी संसदबाट पारित भएमा मात्र बजेटमा उल्लेखित सो विषय कार्यान्वयन हुने बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए ।

प्रधानमन्त्री खड्ग ओलीले भने यसअघि नै एमसीसी संसदबाट पारित हुने बताउँदै आएका थिए । शनिबारको बैठकमा भने प्रधानमन्त्री ओलीले एमसीसीलाई संसदमा निर्णयार्थ पेस गरिएपछि जे निर्णय आउँछ, सरकार सोही आधारमा अघि बढ्ने बताए । संसदमा अर्थमन्त्रीले एमसीसीको विषयमा बैठकको यही निष्कर्षका आधारमा जवाफ दिने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

शनिबारको सचिवालय बैठकमा स्थायी कमिटीमा नरहेका स्थायी कमिटी सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा केन्द्रीय सदस्य एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा समेत सहभागी भए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा यसबारे गर्नुपर्ने निर्णयबारे छलफल गर्न सचिवालय बाहिरका तीन नेतालाई पनि बैठकमा आमन्त्रित गरिएको हो । रावल र ज्ञवाली झलनाथ खनालको संयोजकत्वमा नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर