newskoseli.Com

लकडाउन लम्ब्याइयो जेठ ३२ सम्म : हवाई उडान र सीमानाका असार १६ सम्म बन्द, अलपत्र परेकालाई ल्याएर होटलमा राखिने

सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ सम्म बन्द नै राख्ने समेत निर्णय गरेको छ । अबको लकडाउनको शैली (मोडालिटी) भने केही फरक हुन सक्ने संकेत सरकारले दिएको छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बैठकपछि सञ्चारकर्मीसँग भने– ‘विज्ञहरुसँग परामर्श गरेर लकडाउनको मोडालिटी तय गरिन्छ, कोरोनाको जोखिम कम भएको छैन त्यसैले जहाँ जोखिम छ, त्यहाँ कडाई गर्छौं, जहाँ जोमिख कम छ, त्यहाँ केही खुकुलो हुन सक्छ ।’

अब खुला सीमा भएको भारतबाट आउजाउमा कडाइ गरिने भएको छ । भारतबाट आउनेहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार चेकजाँच गरिनेछ । विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी सरकारले गरेको छ । उनीहरुलाई नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर