newskoseli.Com

बाँकेमा बस दुर्घटना : १२ को मृत्यु, थप ४ को अवस्था गम्भीर, २१ जना उपचाररत

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– २, ठुरिया जंगलमा यात्रुबस दुर्घटना भएको छ । दुर्घटनामा १२ जनाको मृत्यु भैसकेको छ भने अरू ४ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनाका २१ जना घाइतेको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको यात्रुबस रोकिइराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । आइतबार राति १२ बजेतिर सो दुर्घटना भएको हो ।

दुर्घटनाका क्रममा ११ जनाको घटनास्थलमै र थप १ जनाको उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर