newskoseli.Com

४३६४ पुगे संक्रमित : बुधबार थपिए २७९, डिस्चार्ज भए ६७४ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) का संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । पछिल्लो २४ घन्टामा २७९ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये हालसम्म ६७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमध्ये ५९५ पुरुष र ७९ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

बुधबार थपिएका संक्रमितमध्ये २५७ पुरुष र २२ महिला रहेको प्रवक्ता प्रा.डा. गौतमले बताए । उनका अनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १५ पुगेको छ ।

भिडियोमा हेर्नोस् मेडिया ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/1373348339516845/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर