newskoseli.Com

०७६ को एसईई परीक्षा नहुने : आन्तरिक मूल्यांकनबाटै ग्रेड निर्धारण गर्ने सरकारको निर्णय

फाइल तस्बिर

सरकारले गत शैक्षिक शत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) नै नलिने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एसईई परीक्षा नलिई विद्यालयको आन्तरिम मूल्यांकनकै आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेपछि सो परीक्षा नहुने भएको हो ।

मन्त्रिपरिषदको बैठकमा आन्तरिक मूल्याङ्कन वा प्रदेशगतरुपमा परीक्षा लिने या विद्यमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको परीक्षा लिने तीन वटा विकल्प शिक्षा मन्त्रालयले पेस गरेको थियो । अधिकांश विद्यालयहरूलाई क्वारेन्टाइनस्थल बनाएको र देशव्यापीरुपमै संक्रमण बढिरहेकाले तत्काल परीक्षा सम्भव नभएको भन्दै सरकारले परीक्षा नै नलिई आन्तरिक मूल्यांकनकै आधार ग्रेड निर्धारण गर्ने निर्णय लिएको हो ।

विद्यालयहरूले अब आन्तरिक मूल्यांकनको नम्बर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछन् । बोर्डले सोही नम्बरका आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल प्रकाशित गरिदिने छ । चैत ६ मा सुरु हुन लागेको एसइई परीक्षा कोरोना महामारीको जोखिमका कारण चैत ५ मा स्थगित गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर