newskoseli.Com

यसरी आउँछ अब एसईईको प्रमाणपत्र

माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने निर्णय सरकारले लिएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार पार्नेलगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ ।

बिहीबारका मन्त्रिपरिषदले गरेका निर्णय सुनाउँदै सम्बन्धित विद्यालयले गरेको विद्यालय तह (कक्षा १०) का विद्यार्थीको अन्तिम मूल्याङ्कनलाई आधार मानिने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । विद्यालयले तयार पारेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाउनुपर्ने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने उनले बताए ।

त्यस नतिजाका आधारमा बोर्डले प्रमाणपत्र तयार पारी विवरणको व्यवस्था गर्ने जानकारी पनि प्रवक्ता खतिवडाले दिएको खबर शेषकान्त पण्डितको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर