newskoseli.Com

निजी विद्यालयका २ लाख शिक्षकले पाएनन् ३ महिनाको तलब

कोरोनाभाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि ती विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् ।

लकडाउनको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइनलगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन् ।

देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । संस्थागत विद्यालयका शिक्षकले चैतदेखि जेठसम्मको तलब पाउन नसकेको संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले जानकारी दिए । उनका अनुसार तीन महिनादेखि तलब नपाउँदा उनीहरूको आर्थिक अवस्था नाजुक भएको छ । ७५ प्रतिशत शिक्षकले चैतको समेत तलब नपाएको उनले बताए । शिक्षकलगायत राष्ट्रसेवकलाई लकडाउनको समयमा कार्यालय नगए पनि तलब–सुविधा दिने सूचना सरकारले राजपत्रमै प्रकाशित गरिसकेको उनले बताए ।

संस्थागत विद्यालयका शिक्षकको समस्या आएपछि यसमा पहल गर्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तथा सरकारी अधिकारीलाई समेत यस विषयमा ध्यानाकर्षण गराइएको खबर शेषकान्त पण्डितको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर