newskoseli.Com

११,७५५ पुगे संक्रमित : काठमाडौंमा ३ सहित शुक्रबार थपिए ५९३, कूल डिस्चार्ज २,६९८, कूल मृत्यु २७

नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ११,७५५ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या २,६९८ र कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका ३ सहित देशभर ५९३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला संक्रमितमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएको समेत गौतमले जानकारी दिएका छन् । देशभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ६ हजार ५ सय ३४ र हालसम्म कूल २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण गरिएको छ । यतिबेला देशभर ७१ हजार १२ जना क्वारेन्टाइनमा रहेका छन् भने विभिन्न अस्पतालमा गरी ९ हजार ३० जना आइसोलेसनमा उपचाररत छन् ।

https://www.facebook.com/mohpnep/videos/2041768872623661/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर