newskoseli.Com

१५,२५९ पुगे संक्रमित : शुक्रबार थपिए ७४०, कूल डिस्चार्ज ६,१४३, मृतक ३२ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,२५९ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,१४३ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यतिबेला देशभर ३५,४३२ जना क्वारेन्टाइनमा छन् भने ९,०८४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ७४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, पछिल्लो २४ घन्टामा ८२३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल संख्या ६,१४३ पुगेको छ ।

कोरोना संक्रमण नयाँ बानेश्वर, काठमाडौंका ८५ वर्षीय पुरुषको मृत्यु भएको शुक्रबार पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ३२ पुगेको छ । शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ जनाको परीक्षण भैसकेको जानकारी प्रवक्ता गौतमले दिएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

https://www.facebook.com/mohpnep/videos/684670865413668/

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर