newskoseli.Com

अकस्मात राष्ट्रपति–प्रधानमन्त्री र प्रधानमन्त्री–मन्त्रीहरुबीच छलफल : के–के भए कुराकानी ?

सत्ताधारी नेकपाको शीर्ष नेतृत्वतहमा निकै चर्को विवाद चलिरहेको, जारी स्थायी कमिटीको बैठकमा बोल्ने सबैजसो नेताहरूले खड्ग ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिइरहेको र दुई अध्यक्षबीच सघन छलफल गरी सहमतिको मार्ग पहिल्याउन भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगन गरिएकै बेला शनिबार अपराह्न एकाएक प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको छ ।

शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच निर्धारित छलफल टारेर अकस्मात राष्ट्रपति निवास पुगेका खड्ग ओलीले त्यहाँबाट फर्केलगत्तै साँझ ७ बजे उनको मन्त्रिपरिषदका सबै मन्त्री र राज्यमन्त्रीहरुसँग सामूहिक छलफल गरे । करिव सावा ८ बजे यो छलफल सकिएलगत्तै ओलीले आफ्नो गुटभित्रका मन्त्रीहरुसँग बेग्लै छलफल गरेका छन् ।

पार्टीका सबै तहमा चरम अल्पमतमा परिसकेका ओलीले अध्यादेश जारी गरेर पार्टी विभाजन गर्ने, संसद विघटन गर्ने वा संकटकाल लगाउनेजस्ता सम्भावनाहरुको अड्कलबाजी भैरहेका बेला पूर्वनिर्धारित अध्यक्षद्वय बीचको भेटघाट समेत खारेज गरेर एकाएक गरेका यी सन्देहास्पद दौडधूपले राष्ट्रिय राजनीतिमा निकै ठूलो कम्पन पैदा गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयले ‘नियमित र सामान्य’ भेटघाट र छलफल मात्रै भएको जनाएका छन् । स्वयं प्रधानमन्त्री र छलफलमा सहभागी मन्त्रीहरुले पनि कुनै महत्त्वपूर्ण एजेन्डा नल्याएको, सामान्य विषयमा मात्रै कुराकानी भएको भनेर छलफलका विषय सार्वजनिक गरेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर