newskoseli.Com

सवारी साधनमा फेरि लागू भयो जोर–बिजोर प्रणाली : राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक

कोरोनाभाइरसको महामारी झन् बढ्दै गएपछि सरकारले फेरि निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि जोर–बिजोर प्रणाली लागू गरेको छ । लकडाउन खुलेयता कोरोना संक्रमण नियन्त्रण हुनुको साटो झन् बढ्दै गएपछि सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक लगाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव चक्रबहादुर बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएअनुसार काठमाडौं, भक्तपुर र ललितपुरसहित उपत्यकाका तीन जिल्लासहित २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका र उपत्यकाबाहिरका जिल्लाभित्र सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुनुका साथै रातको हिँडडुलमा समेत रोक लगाइएको हाे । जोर गतेका दनि जोर नम्बरका र बिजाेर गतेका दिन बिजाेर नम्बरका सवारी साधान चलाउनुपर्ने सरकारको निर्णय ट्राफिक प्रहरीले कडाइका साथ लागू गराउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

लकडाउनदेखि पूर्ण बन्द रहेका सवारी साधन लकडाउन खुकुलो भएसँगै १ असारदेखि जोर–बिजाेर प्रणालीका आधारमा खुलेका थिए । २६ असारदेखि सरकारले निजी सवारी साधनको जोर–बिजाेर प्रणाली हटाउनुका साथै उपत्यकामा तीन जिल्ला र बाहिरी जिल्लामा जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात समेत सञ्चालन गर्न अनुमति दिएको थियाे । भदौ १ देखि लामो दुरीका सवारी चलाउन दिने निर्णय समेत सरकारले गरेको थियाे ।

कोरोना संक्रमणको जोखिम बढेसँगै जोर–बिजाेर प्रणाली लागू गर्न विज्ञहरुले सुझाएका थिए । प्रधानमन्त्री खड्ग ओलीले मंगलबार आयोजना गरेको छलफलमा समेत पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोर–बिजाेर प्रणाली लागू गर्न विज्ञहरुले सुझाव दिएका थिए ।

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर