newskoseli.Com

फेरि बढ्याे अन्याेल : भदौदेखि खुल्लान् त शिक्षण संस्था ?

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ ।

भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल भएको स्थानमा समेत विद्यालय खोल्न स्थानीय तहलाई अनुमति दिन नसक्ने स्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको छ । मन्त्रालय पनि ‘माथिल्लो तह’ सित निर्देशन एवं समन्वयको प्रतीक्षामा रहेपछि अन्योल बढेको हो । केही जिल्ला तथा स्थानीय तहमा सङ्क्रमणको अवस्था न्यून भए पनि विद्यालय सञ्चालन गर्न मन्त्रालयले अनुमति दिन नसक्ने मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले बताए । स्थानीय तहबाट यस खालको प्रस्ताव समेत नआएको उनले स्पष्ट पारे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका केही निर्णय उल्टिएपछि अब विद्यालय सञ्चालनको निर्णय गर्न ‘माथिल्लो निकाय’ को आदेश कुर्ने कि भन्ने हिसाबले मन्त्रालयका सम्बन्धित अधिकारी छलफलमा जुटेका छन् ।

यसअघि मन्त्रालयले चैत ४ मा स्वास्थ्य सुरक्षामा ध्यान दिँदै माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, चैत ५ मा बसेको कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले परीक्षा रोक्ने निर्णय गरेपछि परीक्षा सञ्चालन हुन नसकेको खबर शेषकान्त पण्डितको बाइलायनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर